धादिङकी बिमला आगलागीबाट गम्भिर घाइते, उपचारमा आर्थिक समस्या

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० पौष २९, आईतबार (३ महिना अघि)
  • १५ पटक पढिएको
धादिङकी बिमला आगलागीबाट गम्भिर घाइते, उपचारमा आर्थिक समस्या

पुस २९,धादिङ । जिल्लाको त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्बर १ सल्यानटार बस्ने बिमला बि.क आगलागीका कारण गम्भिर घाइते भएकी छिन् । शनिबार घरमै मकै भुट्ने क्रममा चुलोबाट सल्किएको आगोले उनको आधार शरिर जलेको छ । उनको अहिले कृतिपुर अस्पतालमा उपचार भैरहेको छ । घाइते बि.कको उपचार गर्न आर्थिक अभाव भएको परिवार स्रोतले जनाएको छ ।

उनका श्रीमान ६२ बर्षिय कृष्ण बिक घरयासी काम गर्ने र पारिवारिक स्थिती पनि नाजुक भएकोले उपचारमा समस्या भएको श्रीमान कृष्णले बताए । उनका अनुसार उनको २ छोरा र १ छोरी छन् । ती मध्ये १ छोरा अपाङ्ग र अर्की छोरी पनि काम गर्न अशक्त रहेका छन् । अर्का छोरा भर्खरै ११ बर्ष भएकोले आर्थिक उर्पाजन गर्न नसक्दा यतिबेला बिमलाको उपचारको लागि श्रीमानले सहयोगको याचना गरेका छन् ।

उनले आफ्नो श्रीमतीलाई उपचार गर्न विभिन्न व्यक्ति तथा संघसंस्थालाई गुहारेका छन् । उनको उपचारको लागि सहयोग गर्न चाहनेले श्रीमान कृष्ण बिकको मोबाइल नम्बर ९८२५१९२६५० वा उनको छोराको नम्बर ९८४०९४५८५६ मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस