पाँच वर्षमा देखिने गरी विकास: मुख्यमन्त्री गुरुङ

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७५ फागुन ७, मंगलबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ७, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ वर्षभित्रमा देखिने गरी विकास गर्ने लक्ष्यका साथ सरकार क्रियाशील भएको बताएका छन् ।

६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पोखरा–२२ पुम्दीभुम्दीस्थित फुस्रेखोलामाथि निर्माणाधीन पुलको मंगलबार शिलान्यास गर्दै उनले परिवर्तित संरचनानुसार सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिका संयोजकसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले प्रदेशलाई आफ्नो पाँचवर्षे कार्यकालमा विकास तथा समृद्धियुक्त बनाउन आफूहरु प्रयासरत रहेको बताए ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले यस आर्थिक वर्षमा गण्डकी प्रदेशभित्र ७० मोटर चल्ने पुल बन्न लागेको जानकारी दिँदै तोकिएकै समयमा गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । प्रदेशका मुख्य सचिव लक्ष्मीप्रसाद पौडेलले गुणस्तरीय निर्माणका लागि स्थानीयवासी सचेत रहनुपर्ने बताए ।

फुस्रेखोला चिसापानी सडकखण्डमा निर्माणाधीन ३८ मिटर लम्बाइ र ६ मिटर चौडाइको उक्त पुल गण्डकी प्रदेश सरकारको रु तीन करोड ९८ लाख ४८ हजारको लागतमा बन्न लागेको हो ।

पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले सो पुल निर्माणसँग यस क्षेत्रको कृषि उत्पादन बजारीकरणमा महत्वपूर्ण सहयोग पुग्ने बताए। नेकपाका नेता लीलाधर पौडेल, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा लगायतले पुल निर्माणसँगै यस क्षेत्रलाई स्याङ्जास्थित सिद्धार्थ राजमार्गसँग जोड्ने बताए। रासस

ताजा अपडेट

खोजी गर्नुहोस