बागलुङमा जिप दुर्घटना, ४ जनाको मृत्यु

Post Thumbnail

फागुन ७, बागलुङ । बागलुङकाे जैमिनी नगरपालिका ८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। १५ भन्दा बढी घाइते छन्।

छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जीपमा करिब २५ भन्दा बढी यात्रु रहेका सवार थिए। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। बस सडकदेखि करिब ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस