प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका १३ जना कर्मचारी, को-को भए बिदा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २, मंगलबार (३ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयका १३ जना कर्मचारी हटाएका छन् । माघ १ गतेबाट लागू हुनेगरी १३ जनालाई हटाएको प्रधानमन्त्रको प्रमुख स्वकीय सचिव सन्तकुमार दैरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालकलाई हटाएका हुन् । प्रधानमन्त्री प्रचण्डले कार्यकालको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै आफ्नै सचिवालयबाट शुद्वीकरण थाल्ने प्रतिवद्वता व्यक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस