अयोध्यामा भव्य राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ ८, सोमबार (३ महिना अघि)
  • २ पटक पढिएको
अयोध्यामा भव्य राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुँदै

माघ ८,काठमाडौँ । भारतको अयोध्यामा निर्माण भएको भव्य राम मन्दिरमा भगवान रामको प्राणप्रतिष्ठा हुँदैछ । यो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् । राम जन्मभूमि ट्रष्टकाअनुसार कार्यक्रममा सहभागी हुनका लागि अतिथीहरु अयोध्या पुगेका छन् । जसमा विभिन्न स्थान र देशका सन्त, नेता, फिल्म अभिनेता र खेलाडीहरु रहेका छन् ।

प्राणप्रतिष्ठा कार्यक्रमका लागि अयोध्यामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्यसका लागि १० हजार सीसीटीभी क्यामेरा, एआई युक्त ड्रोनले गतिविधिमाथि निगरानी गर्ने छ भने ठाउँ ठाउँमा सादा पोशाककका सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

रामको मूर्तिमा प्राणप्रतिष्ठा आज दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ ।

रामको मूर्तिलाई विभिन्न ११४ घडाको औषधियुक्त तथा अलग अलग तीर्थको जलले नुहाइने छ । प्राणप्रतिष्ठामा नेपाली नागरिक पूजामा सहभागी हुँदैछन् ।

झापाका दुर्गाप्रसाद गौतम प्राणप्रतिष्ठाको पूजामा सहभागी हुने भएका हुन् । उनी सन् २०२० देखि राम जन्मभूमी तीर्थ क्षेत्रका मुख्य आचार्यका रुपमा कार्यरत छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस