नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ ८, सोमबार (३ महिना अघि)
  • ६ पटक पढिएको
नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने

माघ ८,काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आ.व. २०७८/७९ को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको माघ ७ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७८/७९ मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय गरेको हो ।

बैठकले २०८९/३/३१ को वासलात, २०७८ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेस गर्ने निर्णय गरेको हो ।

बीमा प्राधिकरणले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

ताजा अपडेट

खोजी गर्नुहोस