राष्ट्रिय सभा सदस्य निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० माघ ९, मंगलबार (३ महिना अघि)
  • ११ पटक पढिएको
राष्ट्रिय सभा सदस्य निर्वाचन : कोशीमा एमाले र राप्रपाबीच तालमेल

माघ ९, विराटनगर । राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि चयन गर्न हुन लागेको निर्वाचनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशीमा तालमेल गरेका छन् । दुई पार्टीका नेताहरुबीच भएको छलफलमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा तालमेल गर्न सहमति भएको हो ।

छलफलमा एकअर्कालाई सघाउने गरी तालमेल गरिएको एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले बताए । उनका अनुसार एमालेका मतदाताले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई तथा राप्रपाका मतदाताले एमालेका उम्मेदवार रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशबाट दुई सिटका लागि मतदान हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस