बंगलादेशको आवासीय भवनमा आगलागी, ७० जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ फागुन ९, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन ९, काठमाडौं । काठमाडौं । बंगलादेशको राजधानी ढाकामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको छ । ४० जना गम्भीर घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।

राजधानी ढाकाको पुरानो शहरको चोक बजारस्थित एक भवनमा सबैभन्दा पहिलो आगो देखिएको थियो । यो आवासीय भवनमा केमिकलको गोदाम पनि थियो । केमिकल र प्लास्टिकका कारण आगो चाँडै फैलिएर छेउका भवनमा पनि क्षति पुगेको छ ।

आगो निभाउनका लागि अग्नि नियन्त्रकसहित ३० वटा गाडी घटनास्थलमा तत्कालै परिचालित गरिएको थियो । ९५ प्रतिशत आगो निभाइसकिएको र खोज अभियान जारी राखेको अग्नि मिसनका प्रमुख अहमद खानले बताएका छन् ।

उनका अनुसार आगो लाग्नुको कारण पत्ता लागेको छैन । ‘कतिपयले सीएनजी सिलिण्डर पड्किएर आगो लाग्न सुरु गरेको बताएका छन् । तर जाँचपछि नै वास्तविक कारण पत्ता लाग्ने छ,’ अहमदले बीबीसीसँग भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस