मन्त्रिपरिषद विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० माघ १४, आईतबार (३ महिना अघि)
  • ७ पटक पढिएको
मन्त्रिपरिषद विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की

माघ १४, मोरङ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गरेका छन् । उनले जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । मन्त्रिपरिषद विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आज विभिन्न दलका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ । तत्कालका लागि तीन जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्ति गर्ने तयारी कार्कीको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस