भुसको आगो बन्दै शिव दाहालको कमिसन अडियो प्रकरण,बेलकोटगढी माओवादीले भन्यो-सत्यतथ्य बाहिर आओस्

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० माघ १५, सोमबार (३ महिना अघि)
  • ३ पटक पढिएको
भुसको आगो बन्दै शिव दाहालको कमिसन अडियो प्रकरण,बेलकोटगढी माओवादीले भन्यो-सत्यतथ्य बाहिर आओस्

माघ १५,नुवाकोट । बेलकोटगढी नगरपालिकामा उपप्रमुख शिव दाहालको अडियो प्रकरणले भुसको आगो जस्तै रुप लिएको छ । दाहालले हाताहाती ठेकेदारसंग कमिसन मागेको अडियो सार्वजनिक भएपछि दाहालले उल्टै पुष्टि हुनेगरी पेस विज्ञप्ती निकालेर आगोमा घ्यू थपेका थिए । यसैबीच नेकपा माओवादी केन्द्र बेलकोटगढी नगर कमिटीले आज एक प्रेस विज्ञप्ती जारी गरेर अडियो प्रकरणबारे गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

नगर कमिटीका अध्यक्ष शिवप्रसाद पौडेल र सचिव मनराज गुरुङको संयुक्त हस्ताक्षरमा सार्वजनिक प्रेस विज्ञप्तीमा सम्मृद्धी र सुशासनको नारा दिएर जनप्रतिनिधि भएका व्यक्तिबाटै यस्तो किसिमको हर्कत हुनु दु:खद भएको टिप्पणीसमेत गरेको छ । माओवादी केन्द्रले घटनाको सत्य,तथ्य यथासिघ्र आउनुपर्नेमा समेत जोड दिएको छ । यसो त उपप्रमुख दाहालमाथी उनि निकट कांग्रेसले छानविन गर्ने बताएपनि अहिलेसम्म छानबिनबारे केही बोलेको छैन ।

नेकपा माओवादी केन्द्र बेलकोटगढीको पछिल्लो प्रेस विज्ञप्ती आएपछि सोही पार्टीबाट निर्वाचित बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङलाई घटनाको विषयमा जानकारी गराउन दबावसमेत परेको छ । उनले अहिलेसम्म यसबारे मुख खोलेका छैनन् ।


हेर्नुस माओवादी केन्द्र बेलकोटगढीको प्रेस विज्ञप्ती

ताजा अपडेट

खोजी गर्नुहोस