पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको कैद सजाय

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० माघ १६, मंगलबार (१ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

माघ १६,काठमाडौँ । पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई साइफर केस अर्थात् राज्यको गोप्य सूचना चुहाएको आरोपमा १० वर्षको कैद सजाय सुनाएको छ ।

अदालतको यो फैसलाले इमरान खानलाई ठूलो झट्का लागेको छ । उहाँ आमचुनावमा प्रतिस्पर्धा गर्ने तयारी गर्दै थिए । पाकिस्तानमा आउँदो फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ई–इन्साफ (पीटीआई) ले विशेष अदालतलको फैसलालाई लिएर उच्च अदालतमा अपिल गर्ने बताएको छ ।

इमरान खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ढाल्ने अमेरिकी षड्यन्त्र भएको दाबी गर्नुभएको थियो । विश्वासको मत पाउन नसकेपछि उनी सन् २०२२ मा उहाँ पदबाट हट्नुपरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस