युरोप पठाई दिने भन्दै ६०० बढीबाट करोडौं ठगी गरेको आरोपमा तामाङ पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १८, बिहिबार (३ महिना अघि)
  • ५ पटक पढिएको
युरोप पठाई दिने भन्दै ६०० बढीबाट करोडौं ठगी गरेको आरोपमा तामाङ पक्राउ

माघ १८, काठमाडौँ । आकर्षक रोजगारीका लागि विदेशमा पठाइ दिने भन्दै करोडौं रुपैंयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माल्टा, पोल्याण्ड, क्रोसिया, क्यानडालगायत विभिन्न देशमा पठाई दिने भन्दै करोडौँ ठगेको आरोपमा विकास वाइवा भन्ने सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बालाजुमा युरो विङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर गठी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । विकास वाइवाको नक्कली परिचय पत्र बनाएर उनी ठगीमा संलग्न भएको प्रहरीले जनाएको छ । एक जनाबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

बुधबार पक्राउ परेका उनलाई बिहीबार सार्वजनिक गर्दै प्रहरीले आरोपित तामाङले गठीको रकमबाट चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस