बेलायतमा भएको आगलागीमा नेपाली दिदीबहिनीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ १९, शुक्रबार (१ साल अघि)
  • २४ पटक पढिएको
बेलायतमा भएको आगलागीमा नेपाली दिदीबहिनीको मृत्यु !

माघ १९, काठमाण्डौँ । स्कटल्यान्डको एबर्डिनमा आगलागीमा हुँदा दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन् । एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको आगलागीमा मृत्‍यु भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ ।

शिक्षा २४ वर्ष र आँचल २८ वर्षका हुन् ।

आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्‍यु भएको थियो ।

नेपालमा पोखरा घर भएका सुवेदीको परिवार झन्डै दुई दशकदेखि स्कटल्यान्डको एबर्डिनमा बस्दै आएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस