डीपीएल क्रिकेट प्रतियोगिता : किन गर्यो काठमाण्डौ गोल्डेन्सले बहिष्कार ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन १०, शुक्रबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन १०,काठमाडौँ । धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिता काठमाण्डौ गोल्डेन्सले बहिष्कार गरेको छ ।

उसका अनुभवी बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाएपछि आज हुने महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर बहिष्कार गरेको हो ।

योसँगै डीपीएलको उपाधिका लागि शनिबार सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडले उपाधि भिडन्त गर्ने छन् । नियमविपरीत बलिङ गरेको भन्दै काठमाण्डौका महत्वपूर्ण खेलाडीसमेत रहेका अंकित दबासलाई डीपीएलमा प्रतिबन्ध लागेपछि काठमाण्डौ आयोजकसँग रुष्ट बनेको थियो ।

काठमाण्डौ गोल्डेन्सका एक पदाधिकारीले भने, ‘विदेशी खेलाडीमा टिमले धेरै लगानी गरेको हुन्छ, उनलाई प्रतिबन्ध लगाएपछि हामी कसरी खेल्ने ।’

‘फ्रेन्चाइज क्रिकेटमा मालिकले जे भन्यो त्यही गर्ने हो, उहाँहरुको निर्णय कुरेर बसेका छौं’, काठमाण्डौका पदाधिकारीले भने । ‘पाँच म्याचसम्म चाहिँ गलत देखिएन, छैटौं म्याचमा आएर खराब बलिङ भन्ने ?, यो निर्णय पूर्वाग्रही देखियो’, उनले थपे ।

जारी प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेका दबासले १५३ रन बनाउँदै शीर्ष स्थानमा छन् भने बलिङतर्फ पनि ६ विकेट लिइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस