हेटौडा एकेडेमीले आफ्नो २५ औँ बर्षगाँठ भव्यताको साथ मनाउदै

माघ २४,काठमाडौँ । बागमती प्रदेशको उत्कृष्ट बिद्यालयको रुपमा परिचित हेटौडा एकेडेमीले आफ्नो २५ औँ बर्षगाँठ भव्यताको साथ मनाउदैछ । २०५५ सालमा हेटौडाका पहिलो नगरप्रमुख डोरमणी पौडेलको पहलकदमीमा हेटौडामा गुणस्तरिय स्कुल खोल्ने उदेश्यका साथ २५ जना व्यवसायीलाई विश्वासमा लिएर सुरुवात गरिएको स्कुलले माघ २९ गतेबाट साताव्यापी २५ औ बर्षगाँठलाई सिल्भर ज्यूब्लीको रुपमा मनाउन लागेको हो ।

यतिबेला हेटौडा एकेडेमी नेपालको प्रतिष्ठित व्यापारिक घरानाको रुपमा परिचित सुमार्गी ग्रुपले एकल स्वामित्वमा सञ्चालन गरिरहेको छ । देशको शैक्षिक संस्थाहरुमध्ये शान्त,पारिवारिक,वातावरणिय र उत्कृष्ट भौतिक संरचनासहित बिद्यालयले बर्षेनी उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । हेटौडाको पर्यटकिय स्थल शहिद स्मारकसंगै रहेको सो बिद्यालय १० बिगाहा जग्गामा फैलिएको छ । बिद्यार्थीको अतिरिक्त क्रियाकलापमा समेत अगाडी रहेको स्कुलले सिल्भर ज्यूब्लीकै अवसरमा आफ्नै क्रिकेट एकेडेमी समेत सञ्चालन गर्ने तयारीमा छ । स्कुलमा खासगरी मकवानपुरसहित मधेसका जिल्लाहरु बारा

,पर्सा,रौतहट,सर्लाही,महोत्तरी,धनुषा र सिन्धुलीका बालबालिकाको अग्र रोजाईमा पर्ने गर्दछ । २५ औँ बर्षगाँठको अवसरमा स्कुलले माघ २९ गते हेटौडा बजारमा शान्ति र्‍याली,साँस्कृतिक झाँकी प्रदर्शन गर्नेछ । फागुन १ गते स्कुलले आफ्नै क्रिकेट एकेडेमीमा माधवराज सुमार्गी स्मृति अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता शुभारम्भ गर्नेछ । फागुन २ गते सरस्वती पुजासहित रुपचन्द्र विष्ट थाहा स्मृति अन्तर बिद्यालय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्नेछ ।

यसैगरी फागुन ३ गते लोकप्रिय गायक आनन्द कार्कीको उपस्थिती अन्तर बिद्यालय आइडलको आयोजना हुनेछ । ४ गते कलाकार रुविना अधिकारीको उपस्थितीमा नृत्य प्रतियोगिता हुनेछ । एकेडेमीले ५ गते साहित्यिक फेस्टिबल गर्नेछ । फागुन २ गतेदेखि ६ गतेसम्म स्कुलमा पुस्तक प्रदर्शनीसमेत हुनेछ । ६ गते भव्यताका साथ स्कुलले आफ्नो २५ औँ बर्षगाँठको समापन गर्ने कार्यक्रम रहेको स्कुलका अध्यक्ष अरुणराज सुमार्गीले अनलाइनकेन्द्रलाई जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply