विश्वकपको दोस्रो खेल : स्पेन की पोर्चुगल ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ १, शुक्रबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असार १,काठमाडौा । समूह ‘बि’ मा आज खेलिने दोस्रो खेल तथा आजको अन्तिम खेलमा युरोपका दुई बलिया राष्ट्र स्पेन र पोर्चुगल भिड्दै छन् ।

युरोकप २०१६ को च्याम्पियन रहेको पोर्चुगल आफ्नो सो लयलाई अर्को ठूलो प्रतियोगितामा निरन्तरता दिन चाहन्छ । अर्को तर्फ दुई दिन अघि आफ्नो प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको स्पेनबाट के अपेक्षा गर्ने अन्योल रहेको छ ।

स्पेनले छनोट चरणमा निकै प्रभावशाली प्रदर्शन देखाउन सफल भएको थियो । मार्चमा खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६–१ ले हराउंदै विश्वकपका लागि आफ्नो दाबेदारी स्पष्ट पारेको थियो । त्यस्तै च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो पोर्चुगलका लागि मुख्य खेलाडी हुन् । उनी हालै खेलिएको मैत्रीपूर्ण खेलमा लयमा पनि देखिएका थिए र उनको मनोबल पनि अवश्य उच्च रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस