प्रदेशको नामाकरणमा कोशी सरकारको चासो, आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० माघ २६, शुक्रबार (२ महिना अघि)
  • ४ पटक पढिएको
प्रदेशको नामाकरणमा कोशी सरकारको चासो, आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति

माघ २६, काठमाडौँ । कोशी प्रदेशको पुनः नामकरण गर्न सरकार सकारात्मक बनेको छ ।

कोशीको नाम परिवर्तन हुनु पर्ने माग गर्दैै लामो समयदेखि आन्दोलनमा रहेको संयुक्त संघर्ष समितिसँगको चरणवद्ध वार्तामा सरकारी पक्षले पुनः नामकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाएको हो ।

बिहीबार र शुक्रबार भएको वार्तामा दुई पक्षबीच ५ बुँदे सहमति भएको छ । कोशी प्रदेशको पुनः नामकरणका लागि पहल गर्ने र आन्दोलनलाई शान्तिपूर्ण बनाउनेलगायत ५ बुँदे सहमति भएको छ । यस्तै आन्दोलनका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने, आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने, पहिचान पक्षधरले आन्दोलनको स्वरुप परिवर्तन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ ।

प्रदेशको नामप्रति असन्तुष्टहरूको माग सम्बोधनका लागि भन्दै भौतिक पूर्वाधार विकासमन्त्री कमल जवेगुको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन भएको थियो । सो वार्ता टोलीले वार्ताको आव्हान गरेपछि पहिचान पक्षधरहरूले पनि ११ सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस