नख्खु विस्फोटका घाइतेको मृत्यु, अनुसन्धानका लागि दुई सुरक्षा गार्ड पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७५ फागुन ११, शनिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फागुन ११, काठमाडौं । ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते भएका तीन जनामा मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ ।

बम विष्फोटमा घाइते गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको उपचारको क्रममा गएराति १२ः२५ बजे मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

लम्जुङ भर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय गुरुङको मेडीसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुका बम विष्फोट भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस