प्रतिबन्ध हटाउन माग गर्दै टिकटकले लेख्यो पत्र : के छ ५ बुँदे प्रतिबद्धता पत्रमा ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १, मंगलबार (२ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फागुन १, काठमाडौँ । चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले नेपाल सरकारलाई पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र पठाउँदै टिकटकका प्रतिनिधिले ५ क्षेत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै २७ कात्तिकमा नेपाल सरकारको मन्त्रीपरिषद्‌ बैठकले टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । कम्पनीले पत्रमा नेपालका सम्पूर्ण कानूनी प्रक्रिया मान्न प्रतिबद्ध रहेको कुरा उल्लेख छ ।

पाँच प्रतिबद्धता

१. नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध छौँ

२. यसका विषयवस्तुसँगको ध्यानाकर्षणलाई सम्बोधन गर्न प्रत्यक्ष रिपोर्टिङको पहुँच प्रदान गर्छौँ र एक समर्पित फोकल प्वाइन्ट उपलब्ध गराउँछौँ

३. टिकटकमा राखिने विषयवस्तुको जाँच र नियमन बढाउन अझै धेरै नेपाली बोल्ने स्रोतहरु राख्नेछौँ

४. राष्ट्रव्यापी रुपमा इन्टरनेट सुरक्षा र डिजिटल शिक्षा अभियान कार्यक्रम गर्नेछौँ

५( हाई स्कुल र कलेज विद्यार्थीका लागि शैक्षिक नतिजामा सुधार ल्याउन शैक्षिक विषयवस्तुलाई डिजिटलीकरण गर्नेछौँ

ताजा अपडेट

खोजी गर्नुहोस