भ्यालेन्टाइन डे: प्रेम के हो ?

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०८० फागुन २, बुधबार (२ महिना अघि)
  • २ पटक पढिएको
भ्यालेन्टाइन डे: प्रेम के हो ?

सुजन कँडेल

युवायुवतीहरुले हर्षउल्लासका साथ प्रेम दिवस मनाइरहेको अवस्थामा आज प्रेमको कुरा गर्नु कतिपय हदसम्म समय सामयिक कुरा हुने गर्दछ।

खासमा प्रेमको परिभाषानै बदलिएको यो समयमा खास माया, प्रेम र सद्भावलाई हेरिने दृष्टिकोण समेत फेरिएको छ। माया, प्रेमले दुई मुटु, दुई हृदय र दुई शरिरलाई एक बनाउँछ भन्नु प्रेमको सामान्य तर्क शिवाय केही होइनन्।

कसैको माया खोज्नु, कसैप्रति प्रेमभाव उत्पन्न हुनु र कसैको रोजाइमा पर्न चाहानु नौला कुरा होइन। यो मायामा पर्न चाहानेको उदाहरण हो। के मायाको अर्थ यतिमा मात्र सिमित भएको छ त ? त्यो कदापि होइन।

एक अर्कालाई विश्वासको डोरीले बाध्नु, एक अर्काको हर कुरामा सहमति जनाउँनु, कसैलाई केही आवश्यक पर्दा सहयोगको भावना पैदा भई सहयोग गर्नुलाई मात्र पनि प्रेम भन्न सकिदैन।

प्रेमको परिभाषा विभिन्न दृष्टिकोणबाट दिन सकिन्छ तर सामान्य रुपमा बुझ्नु र बुझाउनु पर्दा प्रेम भन्नाले आफूलाई, आफ्नो जीवनलाई अर्को व्यक्तिमा समर्पित गर्नु हो। आफ्नो खुसी अरुमा पाउनु हो। आफ्ना रहर र चाहनालाई अनि आफ्नो स्वार्थलाई अलि पर राखेर सहकर्मीको हितमा व्यवहार गर्नु हो। प्रेम तबमात्र सफल हुन्छ जब अहम् भावना त्यागिन्छ।

प्रेम सर्वाधिक खोजिने र चाहाना राखिने कुरा हो। प्रेमको चाहाना हुनु सामान्य कुरा हो। आफूले चाहेजस्तो असल र सहि प्रेमि प्रेमिकाको सर्वाधिक खोजि गरिन्छ तर आफूनै असल र व्यवहारिक बनी अरु कसैको असल मान्छे खोज्ने चाहना पूरा गर्न तर्फ भने खासै ध्यान जाँदैन ।

ताजा अपडेट

खोजी गर्नुहोस