कपिलवस्तुमा भयानक बस दुर्घटना : १० जनाको मृत्यु, ३० घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ३, बिहिबार (२ महिना अघि)
  • ३ पटक पढिएको
कपिलवस्तुमा भयानक बस दुर्घटना : १० जनाको मृत्यु, ३० घाइते

फागुन ३, कपिलवस्तु । कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज बिहान शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा घटनास्थलमै १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

मृतकहरूको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् ।

घाइते मध्ये ९ जनालाई बुटवल रिफर गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस