फागुन ४, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।
नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम आइतबार २ बजे मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यसूची रहेको मधेस प्रदेश सभाका निमित्त सचिव अरुणकुमार झाले जानकारी दिए ।
मधेस सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।