बागमती प्रदेशसभा बैठक फागुन १५ मा बोलाउने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ५, शनिबार (२ महिना अघि)
  • ८ पटक पढिएको
बागमती प्रदेशसभा बैठक फागुन १५ मा बोलाउने तयारी

फागुन ५, हेटौँडा । बागमती प्रदेशसभा बैठक फागुन १५ गतेका लागि आह्वान गर्ने तयारी गरिएको छ । प्रदेश सरकारले आगामी १५ गतेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको हो ।

प्रदेशसभा अधिवेशन आह्वान गर्ने विषयमा प्रदेश सरकारले आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय गर्ने तयारी गरिएको एक सांसदले जानकारी दिए । सोहीअनुसार मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर सरकारले प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष पत्राचार गर्ने तयारी गरिएको उनले बताए ।

उनका अनुसार प्रदेशसभा बैठक आह्वान गर्नु पूर्व फागुन १३ मा सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरिएको छ । सत्तारुढ दलहरू बिचको छलफलले संसद् अधिवेशन र सर्वदलीय बैठक आह्वानका विषयमा सहमति सहित निर्णय गरेर अघि तयारी गरिएको उनले बताए । सरकार र प्रतिपक्ष दलहरू बिचको विवाद र आगामी कार्य योजनाका विषयमा सहमति तथा निर्णय गर्न अधिवेशन आह्वान पूर्व सर्वदलीय बैठक डाक्ने तयारी गरिएको उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस