तेश्रो पटक विश्वासको मत माग्दै मधेशका मुख्यमन्त्री

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ६, आईतबार (२ महिना अघि)
  • २ पटक पढिएको
तेश्रो पटक विश्वासको मत माग्दै मधेशका मुख्यमन्त्री

फागुन ६, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।

उनले प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि तेश्रो पटक विश्वासको मत लिन लागेका हुन् । केन्द्रीय गठबन्धनमा अझै सामेल भएपनि प्रदेश सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जनमत पार्टीले सरकार छोडेपछि संविधानको व्यवस्था बमोजिम मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो ।

जनमतले साथ छोडेपनि प्रदेशसभामा यादवलाई बहुमत जुटाउन भने कठिन छैन् । उनी जसपाबाट प्रदेश मुख्यमन्त्री चुनिएका हुन् । प्रदेश सभामा रहेका सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

यादवले मुख्यमन्त्री बनेपछि अहिलेसम्म आठ पटक मन्त्रिपरिषद् विस्तार गरिसक्नुभएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस