राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ६, आईतबार (२ महिना अघि)
  • १२ पटक पढिएको
राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना

|काठमाडौँ, ६ फागुन : राष्ट्रपति रामचन्द्र पौडेल आइतबार साँखुस्थित सालिनदी मेला अवलोकन गर्नुहुँदै । तस्बिर : नवीन पौडेल/रासस

फागुन ६,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डौको शङ्खरापुर नगरपालिकामा रहेको शालीनदीमा पुगेर श्री स्वस्थानी र माधवनारायणको पूजा अर्चना गरेका छन् ।

पौष शुक्ल पूर्णिमादेखि चलिरहेको मेलामा राष्ट्रपति पौडेल आज बिहान सहभागी भएका हुन् । उनले बज्रयोगिनी मन्दिरमासमेत दर्शन एवम् पूजा अर्चना गरे ।

नगरपालिका एवम् काठमाण्डौ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सोबिता गौतमको निमन्त्रणमा साँखु पुगेका राष्ट्रपति पौडेलले प्राचीन, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रमा रहेको बज्रयोगिनी मन्दिरको दर्शन गर्न पाउनु आफ्ना लागि खुशीको विषय भएको बताए । उनले भृकुटी र स्रङ्चङ् गम्पोसँगको ऐतिहासिक महत्त्व जोडिएको बज्रयोगिनी र धार्मिक एवम् ऐतिहासिक महत्त्वको शालीनदी क्षेत्रको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा सांसद, मेयर र उपमेयरलगायत जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वको क्षेत्र भए पनि शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनर्निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो गरेका थिए । उनिहरूले राष्ट्रप्रमुखको भ्रमणपछि पुनर्निर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस