नेपालीले पनि अब भारतीय सीमकार्ड पाउने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०८० फागुन ८, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
नेपालीले पनि अब भारतीय सीमकार्ड पाउने

फागुन ८, काठमाडौँ । नेपालीहरुले पनि भारतमा भारतीय सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत् यस्तो जानकारी गराएका छन् ।

उनका अनुसार अब नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् । यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । यसअघि नेपाली नागरिकहरुले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरुले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

भारतमा चिनाजानी नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरुले भने त्यहाँ सिमकार्ड लिन नपाउँदा ठूलो समस्या भोग्नु परिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस