आज शिक्षा दिवस : साक्षरता अभियानलाई सार्थक बनाउन सरकारको जोड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन १२, आईतबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १२,काठमाडौँ । आज शिक्षा दिवस । देशैभर शिक्षासम्बन्धी विभिन्न कार्यक्रम गरी मनाईदै छ । यसैबिच शिक्षा दिवसको पुर्वसन्ध्यामा सङ्घीय सरकारका शिक्षा, विज्ञान तथा प्र्र्विधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ अभ्यासका क्रममा सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले एउटा ढुङ्गामा सवार भएर साक्षरता र भर्ना अभियानलाई सार्थक बनाउनुपर्ने बताएका छन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्दद्वारा शनिबार आयोजित साक्षर नेपाल वर्ष २०७६ र विद्यार्थी भर्ना अभियानसम्बन्धी सहजीकरण विषयक प्रदेशस्तरीय अन्तरक्रियामा उनले सो कुरा बताएका हुन ।
मन्त्री पोखरेलले कागजमै साक्षर बनाउने र भर्ना अभियानको तथ्याङ्कमा आफूलाई विश्वास छैन भन्नुहुँदै मन्त्रालयले स्थानीय तहले घरधुरीको सर्वेक्षण गरी तथ्य प्रकाशमा ल्याउने किसिमले नीति बनाएको स्पष्ट गरे ।

विगतमा खल्तीबाट शिक्षक भर्ना गर्ने प्रवृत्तिको अन्त्य गर्न सङ्घीय सरकार प्रयत्यशील रहेको छ भन्दै मन्त्री पोखरेलले विद्यार्थीलाई मातृत्व र पितृत्वको भावना स्थानीय तहबाट प्राप्त हुने किसिमले नीति तयार पारिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस