दिपक बोहोरासहितका नेताहरु थापा नेतृत्वको राप्रपामा प्रवेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन १२, आईतबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १२,काठमाडौँ । दिपक बोहोरासहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहानी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि बोहोरा असन्तुष्ट थिए । उनकै अगुवाईमा भेला गरेर राप्रपा प्रजातान्त्रिक ब्यूँताउने प्रयास समेत भएको थियो ।

तर, बोहोरासहितका नेताहरु आइतबार कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रम बानेश्वरमा हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस