विराटनगर जुट मिल्समा आगलागी, २० लाख बराबरको क्षति

  • अनलाइन केन्द्र
  • / कला/संस्कृति /
  • २०८० फागुन ९, बुधबार (२ महिना अघि)
  • २ पटक पढिएको
विराटनगर जुट मिल्समा आगलागी, २० लाख बराबरको क्षति

फागुन ९,विराटनगर । बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले बताए ।

बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो ।

‘आगो सुरु भएको स्थानमा विद्युत सर्ट हुनसक्ने सम्भावना नभएका कारण कसैले आगो लगाएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो, ‘घटना शंकास्पद भएकाले दायरा फराकिलो बनाएर अनुसन्धान सुरु गरिएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस