एमालेले माग्यो तीन मन्त्रीको राजीनामा, नामसहित हेर्नुहोस्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १०, बिहिबार (२ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १०, काठमाडौँ । नेकपा एमालेले तीन जना मन्त्रीको राजीनामा माग गरेका छन् । हाल गठबन्धनको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै एमालेले तीन जना मन्त्रीको माग गरेको हो ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन् ।

लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ति गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताएका छन् । यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाइ सरकारबाट हटाउन उनले माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस