जागिरको खोजिमा हुनुहुन्छ ? ११२ जनालाई कृषि विकास बैंकमा जागिरको अवसर !

जागिरको खोजिमा हुनुहुन्छ ? ११२ जनालाई कृषि विकास बैंकमा जागिरको अवसर !

फागुन ११, काठमाडौँ । कृषि विकास बैंकमा ११२ जनाका लागि जागिर खुलेको छ । खुला तथा समावेशीतर्फ बैंकले चौंथोदेखि आठौं तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन माग गरेको हो ।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत, १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापालको पदपूर्तिको लागि दरखास्त आह्वान गरिएको जनाएको छ ।

शुक्रबार सूचना प्रकाशन गर्दै बैंकले योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस