थाक्रेमा बालेरो गाडी दुर्घटना: १ जनाको मृत्यु, ५ जना घाईते

  • अनलाइन केन्द्र
  • / कला/संस्कृति /
  • २०८० फागुन १२, शनिबार (२ महिना अघि)
  • ४ पटक पढिएको
थाक्रेमा बालेरो गाडी दुर्घटना: १ जनाको मृत्यु, ५ जना घाईते

फागुन १२,काठमाडौँ । धादिङको थाक्रेमा भएको बालेरो गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । घटनामा चालक सहित अन्य ५ जना घाईते भएका छन् । नौबिसेबाट काउलेका लागि गुडेको बा १६ च ८११३ नम्बरको बोलेरो काउलेमा दुर्घटना हुँदा थाक्रे ८ काउलेका ८० वर्षिय शेर बहादुर तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । मृतक तामाङको शव धार्के स्थित साईबाबा सामुदायिक अस्पतालमा रहेको छ ।

दिउँसो ३ बजे तिर भएको दुर्घटनामा घाईते हुनेहरुमा सोहि ठाउँका चालक विष्णु स्याङ्ताङ सहित शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन् ।

घाईतेहरुको अहिले काठमाण्डौँ स्थित ट्रम सेन्टरमा उपचार भैरहेको छ । सिङ्गल क्याबिनको उक्त बोलेरो सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस