विश्वकप लिग-२ : नेदरल्यान्ड्ससँग अन्तिम खेल खेल्दै नेपाल

फागुन १३, काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत आफ्नो पहिलो घरेलु सिरिजको अन्तिम त्रिकोणात्मक खेलमा नेपालले आइतबार नेदरल्यान्ड्सको सामना गर्दै छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज बिहान ९:३० बजे सुरु हुने खेलमा दुबै टोली दोस्रो जितको प्रयासमा हुनेछन् ।

लिग २ को यो संस्करणको पहिलो श्रृंखलाका रूपमा रहेको प्रतियोगितामा बलिया टोलीहरू नामिबिया, नेदरल्यान्ड्स र नेपालले एक अर्काविरुद्ध खेल्दै सिरिजको सुरुवात भएको हो । नामिबियाले सिरिजमा सबै चारै खेल खेल्दै तीन खेलमा जित निकालेर च्याम्पियन बनिसक्दा नेपाल र नेदरल्यान्ड्सले समान १-१ जित निकालेका छन् ।

नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा ९ विकेटको जित निकालेको थियो । नामिबियासँग भने नेपाल दुवै खेलमा पराजित भएको थियो। त्यस्तै, नेदरल्याण्ड्सले नामिबियासँग एक खेलमा जित निकाल्दा अर्को एक खेलमा पराजित भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply