वाफ महिला च्याम्पियनसिपमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश

फागुन १३, काठमाडौँ । साउदी अरेबियामा जारी वाफ महिला च्याम्प्यिनसिप फुटबलमा नेपाली महिला टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको छ ।

एक खेल अगावै सेमिफाइनलमा पुगेको नेपालले शनिबार राति भएको खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । पराजित भएको प्यालेस्टाइन उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्‍यो ।

समूह चरणको अन्तिम खेलमा नेपाललाई जित दिलाउन नेपाली गोल मसिन सावित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गर्दा रेखा पौडेल र गिता रानाले समान एकरएक गोल गरे ।

खेलको ४२ औं मिनेटमा सावित्राले रेखा पौडेलको पासमा गोल गर्दै अग्रता दिलाइन् । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

संम्बन्धित समचार

Leave a Reply