नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टिममा दुई परिवर्तन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० फागुन १३, आईतबार (१ साल अघि)
  • ४९ पटक पढिएको
नेदरल्यान्ड्सविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टिममा दुई परिवर्तन

फागुन १३, काठमाण्डौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

खेलम नेपालले दुई परिवर्तन गरेको छ । नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन्। देव खनाल र सोमपाल कामी बाहिरिएका छन्।
आजको खेल जारी सिरिजको अन्तिम खेल हो।

पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ । नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो ।

नेपालविरूद्ध २ र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २र२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस