धादिङकी कवियत्री अर्यालको ‘बोध अन्तर्बोध’ र ‘गुलाबी मन’ लोकार्पण

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० फागुन १३, आईतबार (२ महिना अघि)
  • ४ पटक पढिएको
धादिङकी कवियत्री अर्यालको ‘बोध अन्तर्बोध’ र ‘गुलाबी मन’ लोकार्पण

फागुन १३, धादिङ । कवियत्री सृजना अर्यालको ‘बोध अन्तर्बोध’ कवितासङ्ग्रह र ‘गुलाबी मन’ गजल अडियो लोकार्पण गरिएको छ ।

धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा सिद्धलेक गाउँपालिकाको आर्थिक सहयोगमा बुङचुङस्थित गाउँपालिकाको हलमा आयोजित एक समारोहका बिच अर्यालको दोस्रो कविताकृति ‘बोध अन्तर्बोध’ र गजल अडियो ‘गुलाबी मन’ लोकार्पण गरिएको हो ।

शनिबार आमा लक्ष्मी अर्याल,प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईँटेल, प्रा डा रामहरि लम्साल, साहित्यकार डा नवराज लम्साल, साहित्यकार बद्रि प्रसाद दाहालले कवितासंग्रहको संयुक्त रुपमा लोकार्पण गरे ।

कार्यक्रममा समालोचक डा रामहरी लम्सालले बोध अन्तर्बोध कवितासंग्रहमा भएका कविताले नेपालबाट युवा पुस्ता रित्तिने र देश बृद्धाश्रम हुने अवस्थाको चित्र कवितामा व्यक्त भएको बताए । कवितासंग्रहमा देशको दुर्गमता, विकट्ताका परिस्थिति र त्यहाँका दुखेसोहरु, भुकम्प लगाएतका विषय समेटिएको उनको भनाइ छ । उनले कवित्वबाट खारिँदै, समाज दर्शन बन्दै मातृभूमि र माटोको ममता, प्रकृतिको आकर्षण, आशाबादी स्वर भएको कविता संग्रह रहेको बताए ।

यस्तै डा नवराज लम्सालले कवितासंग्रहमा कवि शीरोमणिको कविताको स्वाद दिलाएको बताए । डा लम्सालले चिन्ताको कथा हालेर हालेरमात्र कवि नभईने भएकोले प्रेम र चिन्तन टिपेर लेख्न आग्रह गरे । नेपालको साहित्यलाई ईंगिंत गर्दै लम्सालले हामी बोक्राहरुको कुरा लेख्छौँ, किन भित्र छिर्दैनौँ भन्दै प्रश्न पनि गरे ।

कार्यक्रममा प्राज्ञ तथा व्यंगकार नरनाथ लुईटेलले कुलो, सडक, भवन निर्माण मात्र विका नभई भाषा, साहित्य संस्कृति पनि विकासको रुपमा लिन स्थानिय सरकारहरुलाई आग्रह गर्नुभयो । सृजना अर्याल अधिकारी सिद्धलेकको मात्र नभई देशकै साहत्यकार भएको उनको भनाई थियो ।

कार्यक्रममा सहभागी कवि तथा साहित्यकारहरुले कविता मार्फतनै कृतिकारको प्रशंसा गर्दै साहित्यिक सफलताको शुभकामना दिएका थिए ।
कवियत्री सृजनाकी आमा लक्ष्मी अर्यालको अध्यक्षतामा भएको लोकार्पण समारोहमा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, भुमि आयोगका अध्यक्ष कृष्ण अर्याल, बिभिन्न वडाका वडाध्यक्षहरु, समाजसेवी, बुद्धिजिवी लगाएतको आतित्यता रहेको थियो ।

कृतिकार सृजनाले कवितासंग्रहलाई आफ्नो चौथो सन्तानको रुपमा लिएको बताउनुभयो ।देशको साधन स्रोतको सदुपयोग, देशको दर्दनाहक भयावह अवस्थाको चित्रण गरिएको उनको भनाई छ । १३४ पेजको बोध अन्तर्बोध कवितासंग्रहमा १८ छन्दका ६० वटा कविता छ । सृजना अर्यालले यसअघि ‘सुनको पिजडा’ कवितासंग्रह प्रकाशन गरेकी थिईन् ।

ताजा अपडेट

खोजी गर्नुहोस