नेपाली फुटबलको विकास गर्छु: प्रशिक्षक कलिन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन १२, आईतबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

फागुन १२, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक योहान कलिनले नेपाली फुटबलको स्तर सुधारका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कलिनले नेपाली फुटबलसँग आफू परिचित रहेकाले नेपाली फुटबलको विकासमा आफू सक्रिय भएर लाग्ने बताए।

प्रशिक्षक कलिनले एन्फासँगको सम्झौतामा अवसर र चुनौती दुवै रहेकाले आसन्न साफ च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाउने आफ्नो उद्देश्य रहेको बताए।

विसं २०७० मा काठमाडौँमा भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबको जिम्मेवारी समाल्न उनी नेपाल आएका थिए । प्रतियोगितामा कलिनको प्रशिक्षणमा रहेको मच्छिन्द्र क्लब दोस्रो भएको थियो । ‘नेपाली फुटबलमा ठूलो सम्भावना छ’, कलिनले भने । उनले आगामी चैतमा मलेसियासँग हुने मैत्रीपूर्ण खेलको तयारीमा जुट्ने बताए।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले कागजी प्रक्रिया मिलाउन बाँकी रहेकाले कलिनसँगको सम्झौताबारे केही दिनमा सार्वजनिक गरिने बताए। एन्फाले स्विडेनका नागरिक कलिनसँग दुई वर्षका लागि सम्झौता गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस