‘ए’ ग्रेडका पुरुष क्रिकेटरको तलब एक लाख, अन्यको कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन १४, सोमबार (१ साल अघि)
  • ३१ पटक पढिएको
‘ए’ ग्रेडका पुरुष क्रिकेटरको तलब एक लाख, अन्यको कति छ ?

फागुन १४, काठमाडौँ । नेपाल क्रिकेट संघ क्यान राष्ट्रिय टिमका खेलाडीको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको छ ।

फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय समितीको बैठकले पुरुष र महिला क्रिकेटरको २०२४ को सेन्ट्रल कन्ट्रयाक अनुमोदन गरेको हो । क्यानको सेन्ट्रल कन्ट्रयाक अनुसार पुरुष खेलाडीहरुले ग्रेड ‘ए’ मा एक लाख, बी मा ७० हजार, ‘सी’ मा ५५ हजार, डी मा ३५ हजार र इमार्जिंग क्याटोगरीमा ३५ हजार मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

त्यसै गरी महिला क्रिकेटरहरुले ग्रेड ‘ए’ मा ५० हजार, ‘बी’ मा ३५ हजार, ‘सी’ मा ३० हजार, ‘डी’ मा २५ हजार र इमार्जिंग क्याटोगरिमा २० हजार मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस