सातवटै प्रदेशमा बजेट आयो : हेर्नुस कुन प्रदेशमा कती बजेट ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ १, शुक्रबार (६ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

असार १,काठमाडौँ । संविधानले तोकेको समयमै सातवटै प्रदेश सरकारले आगामी आर्थिक बर्षको लागी बजेट ल्याएका छन । सरकारले तय गरेको निति तथा कार्यक्रम अनुरुप भिन्दाभिन्दै सिलिङमा प्रदेश सरकारहरुले बजेट ल्याएका हुन । जसअनुसार सातवटा प्रदेश सरकारको बजेट आकार यस्तो छ ।

प्रदेश १– ३५ अर्ब ९३ करोड ६० लाख

प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले शुक्रबार प्रदेशसभामा बजेट पेश गरेका हुन् ।
कुल बजेटमध्ये चालु खर्च १४ अर्ब ९२ करोड १८ लाख, पूँजीगत खर्च १८ अर्ब ५० करोड ९२ लाख र अन्तर सरकारी हस्तान्तरण २ अर्ब ५० करोड ५० लाख छ ।
प्रदेश सरकारले २ अर्ब ६६ करोड ७८ लाख आन्तरिक राजश्व संकलनको लक्ष्य राखेको छ । बजेटका बाकी स्रोतमा केन्द्र सरकारबाट आउने वित्तीय समानीकरण र सर्शत अनुदान १८ अर्ब ८८ करोड ७० लाख, राजस्व बााडफााटबाट ९ अर्ब १८ करोड ११ लाख र चालु आवको बचत २० करोड छ ।

प्रदेश २– २९ अर्ब ७८ करोड ६९ लाख

प्रदेश २ ले सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाको बजेट ल्याएको छ । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले प्रदेशसभामा पेश गरेको बजेटमा पूँजीगततर्फ १५ अर्ब ३१ करोड १३ लाख २५ हजार र चालु तर्फ १४ अर्ब ४७ करोड ५६ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बजेटको स्रोतमा १० अर्ब ४८ करोड, ९७ लाख ३८ हजार रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । त्यस्तै वित्तीय समानीकरण अनुदानवापत ७ अर्ब ७१ करोड ६१ लाख र सशर्त अनुदानबाट ९ अर्ब १८ करोड ११ लाख र विशेष अनुदानबाट १ अर्ब उल्लेख गरिएको छ । यसरी अपुग भएको १ अर्ब आन्तरिक ऋण उठाइने बजेटमा उल्लेख गरिएको छ ।

प्रदेश ३ – ३५ अर्ब ६१ करोड ५६ लाख

प्रदेश नम्बर ३ को सरकारले आगामी आर्थिक वर्ष ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ ।
तीन नम्बर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सभा भवनमा बजेट प्रस्तुत गर्नुभएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केन्द्रित भएर यो बजेट ल्याएको हो ।

प्रदेश नम्बर ४– २४ अर्ब २ करोड ३३ लाख

प्रदेश नम्बर ४ को सरकारले शुक्रबार आर्थिक वर्ष २०७५/०७६ का लागि २४ अर्ब २ करोड ३३ लाख बजेट सार्वजनिक गरेको छ ।
केन्द्रीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोत गरी प्रदेश ४ को सरकारले यो बजेट प्रस्तुत गरेको हो । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ६ अर्ब ७७ करोड, सशर्त अनुदान ६ अर्ब ५० करोड र राजस्व बाँडफाँडबाट प्राप्त ६ अर्ब ५७ करोड प्रदेश सरकारलाई बजेट आएको छ । संघीय सरकारबाट प्राप्त रकम र प्रदेशको आन्तरिक स्रोतबाट गरी २४ अर्ब २ करोड ३३ लाख अर्बको बजेट संसदमा प्रस्तुत गरिएको प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए ।

प्रदेश सरकारले प्रस्तुत गरेको आगामी बजेटमा ११ जिल्ला नै समेट्ने गरी गरिबी निवारण, सुखी र समृद्ध प्रदेशको लक्ष्यसहित बजेट ल्याइएको अर्थमन्त्री गुरुङले जानकारी दिनुभएको छ । सुखी र समुन्नत प्रदेश निर्माण गर्ने सपनामा जग हाल्ने काम बजेटले गर्ने उनले बताए ।

प्रदेश ५– २८ अर्ब ९ करोड ३ लाख

प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्चतर्फ ११ खर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगततर्फ १६ अर्ब ६२ करोड, ४३ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।  प्रदेश ५ ले चालुतर्फ ४०.८० र पूँजीगततर्फ ५९.२ प्रतिशत बजेट विनियोजन गरेको हो ।

कर्णाली प्रदेश– २८ अर्ब २८ करोड , २८ लाख

कर्णाली प्रदेशले आर्थिक वर्ष ०७५/७६ का लागि २८ अर्ब २८ करोड , २८ लाख २८ हजारको वजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्चतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पूँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार विनियोजन गरिएको छ ।
त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रदेश ७ – २५ अर्ब ६ करोड

प्रदेश ७ सरकार २५ अर्ब ६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले शुक्रबार प्रदेशसभामा २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट पेश गरेका हुन् । चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पुँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाा १३ हजार बजेट विजियोजन गरिएको छ ।
प्रदेश सरकारले ४९ करोड ३० लाख आन्तरिक राजश्व संकलनको लक्ष्य पदएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस