गण्डकी प्रदेशको हिउँदे अधिवेशन आजदेखि, विभिन्न ७ विधेयक पेश गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०८० फागुन १६, बुधबार (२ महिना अघि)
  • ११ पटक पढिएको
गण्डकी प्रदेशको हिउँदे अधिवेशन आजदेखि, विभिन्न ७ विधेयक पेश गर्ने तयारी

फागुन १६, काठमाडौँ । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । संसद बैठक २ बजे सुरु हुने छ । आजदेखि सुरु हुने अधिवेशनमा प्रदेश सरकारले विभिन्न सातवटा विधेयक पेश गर्ने तयारी गरेको छ ।

विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस गरिने सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । त्यस्तै, अधिवेशनमा प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको तिवारीले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस