मालीमा भीषण सडक दुर्घटना, पुलबाट बस खस्दा ३१ जनाको मृत्यु

फागुन १७, काठमाडौँ । अफ्रिकी देश मालीमा मंगलबार भएको बस दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । केनिबामा एउटा बस नदीको पुलबाट खसेको हो ।

यो दुर्घटना स्थानीय समय अनुसार साँझ ५ बजे भएको हो । बस बुर्किना फासो जाँदै थियो। चालकले गाडीको नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।

पश्चिम अफ्रिकामा पछिल्लो समय सडक दुर्घटना बढेको छ । मालीको खराब सडकलाई बढ्दो सडक दुर्घटनाको कारण मानिएको छ । विश्वभर सडक ट्राफिकबाट हुने मृत्युमध्ये झण्डै एक चौथाइ अफ्रिकामा हुने गर्दछ ।

संम्बन्धित समचार

Leave a Reply