कैलालीमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ६० वर्षका वृद्ध पक्राउ

कैलालीमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ६० वर्षका वृद्ध पक्राउ

फागुन १७, काठमाण्डौँ । कैलालीमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षका एक वृद्ध पक्राउ परेका छन् । टीकापुर नगरपालिका(१ शक्तिनगर शिविरमा बस्दै आएका ६० वर्षीय आशाराम चौधरीलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले बुधबार राति घरैबाट उनलाई पक्राउ गरेको हो । केही दिनअघि चौधरीले ती किशोरीलाई ललाई फकाई गाउँ नजिकैको कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको आरोप छ । चौधरीविरुद्ध किशोरीका अभिभावकले ईलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी गरेपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस