टिपरले बस र बोलेरोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु, २ घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन १८, शुक्रबार (२ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १८, विराटनगर । मोरङको बेलवारी नगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६७६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिँदा टिपर अनियन्त्रित भई सोही दिशातर्फ आउँदै गरेको मे१ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बोलेरो चालक बिर्तामोड नगरपालिका-२ झापाका ३६ वर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका(४ की ४४ वर्षीया दीपा खनाल छन् । उनीहरूको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस