यसकारण दुख्छ गर्दन, कसरी बच्ने ?

Post Thumbnail

फागुन १३, काठमाडौंँ । पछिल्लो दुई दशकमा मेरुदण्ड वा गर्दन दुख्ने समस्या अत्यधिक बढेको पाइन्छ।

तथ्यांकअनुसार प्रत्यक दुई व्यक्तिमध्ये एकजनामा गर्दनको दुखाई हुने गरेको छ।

गर्दनको दुखाई यही उमेरमा नै हुन्छ भन्ने छैन। जुनसुकै उमेर समूहका मानिसमा पनि मेरुदण्ड दुख्ने समस्या हुने गरेको पाइएको छ।

गर्दनको दुखाई विभिन्न कारणले हुने गर्छ। कार्यालयमा बसेर दैनिक काम गर्ने व्यक्ति, गृहिणी, मोटरसाईकल र स्कुटर चलाउने मानिसमा गर्दन दुख्ने समस्या बढी हुन्छ।

बच्ने उपाय
स्वस्थ जीवनशैली अपनाउने तथा मेरुदण्डलाई असर नपर्ने गरी काम गर्ने।

कार्यालय वा अन्य कतै जाँदा सम्भव भएसम्म पैदल हिँड्ने बानी बसाल्नुपर्छ।

सामान्य हो भन्ने ठानेर स्पाइनको दुखाइलाई बेवास्ता गर्नुहुँदैन। समय वित्दै जाँदा अझ असर गर्न सक्छ।

ताजा अपडेट

खोजी गर्नुहोस