एथ्लेटिको मड्रिडको बार्सिलोनामाथि दबाब

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ फागुन १३, सोमबार (६ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

फागुन १३, काठमाडौंँ । उपाधि होडमा आफूलाई पनि कायम राख्दै आएको एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी कम गरेको छ ।

लिग अन्तर्गत आइतबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले भिल्लारियललाई २–० ले हरायो ।

एथ्लेटिकोको जितमा अल्भारो मोराटा र साउलले गोल गरे । ३१ औँ मिनेटमा मोराटाको गोलबाट एथ्लेटिको मड्रिडले सुरुवाति अग्रता लियो । ८८ औँ मिनेटमा साउलले गोल गरेपछि टिम २–० ले विजयी भयो ।

जितपछि दोस्रो स्थानको एथ्लेटिको मड्रिडको २५ खेलबाट ५० अंक भएको छ र उसले बार्सिलोनासँगको अंक दूरी सातमा झारेको छ । शीर्षस्थानको बार्सिलोनाको समान खेलबाट ५७ अंक छ ।

आइतबार राति नै भएका अरु खेलमा रियल बेटिसले रियल भालाडोलिडलार्य २–० ले हरायो भने लेगानेस र भ्यालेन्सियाले १–१ को बराबरी खेल्दै अंक बाँडे ।

ताजा अपडेट

खोजी गर्नुहोस