फागुन १३, काठमाडौंँ । बंगलादेशको सरकारी विमान ‘बोइङ ७३७-८’ को अपहरणको प्रयासपछि चटगाउँको शहरमा आपत्तकालिन अवतरण गरिएको छ।
राजधानी ढाकाबाट दुबईतर्फ जाँदै गरेको उक्त विमान फ्लाइट बीजी १४७ मा १ सय ४२ जना यात्रु सवार रहेका थिए।
विमान अवतरणपछि सेनाले चारैतिरबाट घेरेर बन्दुकधारीलाई गोली हानी हत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
एएफपीका अनुसार बन्दूकधारीलाई आत्मसमर्पण गर्न भनिएको तर नमानेपछि गोली हानिएको बताइएको छ।
पच्चीस वर्षको उमेर भएको ठानिएका ती सन्दिग्धले किन विमान अपहरणको प्रयास गरे त्यो भने अनुसन्धाकै क्रममा छ।
विमानमा सवार सबै यात्रुहरु सकुशल रहेका छन्।