संविधानमै गर्भपतनको अधिकार प्रदान गर्ने विश्वको पहिलो देश फ्रान्स !

फागुन २२, काठमाण्डौँ । फ्रान्समा गर्भपतनलाई संवैधानिक अधिकार बनाइएको छ । बीबीसीका अनुसार फ्रान्स संविधानमै गर्भपतनको अधिकार समावेश गर्ने विश्वको पहिलो देश बनेको छ ।

फ्रान्सेली संसद्‌का सदस्यहरूले यसका लागि संवैधानिक संशोधनलाई अनुमोदन गरे । गर्भपतनलाई संवैधानिक अधिकार बनाउन फ्रान्सको सन् १९५८ को संविधान संशोधन गरिएको थियो । यसबाट महिलालाई गर्भपतन गराउने स्वतन्त्रता दिइएको छ । फ्रान्सको संसद्‌मा यो संशोधनका पक्षमा ७८० मत परेको थियो भने विपक्षमा ७२ मत परेको थियो। संशोधन पारित हुनेबित्तिकै संसद्‌का सदस्यहरूले उठेर स्वागत गरेका थिए ।

संशोधन पारित भएपछि राष्ट्रपति इमानुएल म्याक्रोनले यसलाई फ्रान्सका लागि गौरवको विषय भनेका छन्। उनले यो संविधान संशोधनले विश्वलाई सन्देश दिने बताए । तर, गर्भपतन विरोधी संगठनहरूले सरकारको यो कदमको विरोध गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply