अर्थमन्त्री बन्ने लाइनमा को को ? विष्णु पौडेल, वर्षमान पुन वा स्वर्णिम वाग्ले ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० फागुन २२, मंगलबार (२ महिना अघि)
  • ९ पटक पढिएको
अर्थमन्त्री बन्ने लाइनमा को को ? विष्णु पौडेल, वर्षमान पुन वा स्वर्णिम वाग्ले ?

फागुन २२, काठमाडौँ । वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बन्ने भएपछि अर्थमन्त्री को बन्छ भन्ने चर्चा आर्थिक क्षेत्रमा सुरु भएको छ । गत आम निर्वाचन लगत्तै बनेको गठबन्धन ब्यूतिएँपछि नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको नाम सर्वाधिक चर्चामा रहेका छ । शेयर बजारमा सर्वाधिक मन पराउने नाम हो विष्णु पौडेल ।

एमाले, माओवादी, रास्वपा र जसपासहितको नयाँ गठबन्धनमा नयाँ अर्थमन्त्री को बन्छ अहिले नै एकिन भइसकेको छैन । एमालेका सचेतक महेश बर्तौलाका अनुसार अहिले नै सबै फाइनल भइसकेको छैन ।

यद्यपि पुरानै गठबन्धनका आधारमा अर्थमन्त्री एमालेले पाउने सम्भावना रहेको छ । एमालेले अर्थमन्त्रालय पाएको अवस्थामा विष्णु पौडेलले नै अर्थमन्त्रालय पाउने सम्भावना रहेकोछ । त्यसो त आर्थिक क्षेत्रमा निकै अध्ययन गरिरहेका पदम गिरीले आजै प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा एमालेको तर्फबाट मन्त्रीको रुपमा शपथ खाने हुँदा उनैले पनि अर्थमन्त्री पाउने सम्भावना रहेको छ । गिरी एमालेका प्रमुख सचेतक समेत हुन् ।

उता, सत्ता गठबन्धनको भागबण्डामा अर्थमन्त्रालय कसको भागमा पर्दछ भन्ने कुरामा अर्थमन्त्री को बन्छ भन्ने कुरा निर्भर गर्ने देखिन्छ । भागबण्डामा माओवादीको भागमा अर्थमन्त्रालय परेको अवस्थामा वर्षमान पुन अनन्त अर्थमन्त्री बन्नेछन् । त्यस्तै, भागबण्डामा रास्वपाको भागमा अर्थमन्त्री परेमा स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने छन् ।

सत्ता गठबन्धनको भागबण्डाको अन्तिम छिनोफानो बाँकी रहे पनि विष्णु पौडेल, पदम गिरी, वर्षमान पुन वा स्वर्णिम वाग्ले मध्ये एक जना अर्थमन्त्री बन्नेछन् । विष्णु पौडेल अर्थमन्त्री बनेमा शेयर बजारमा खुशियाली छाए पनि माफियासँग चलखेल र सेटिङ गर्ने अनैतिक खेलोफड्को गर्ने बानी परेका पौडेलबाट देशको अर्थतन्त्र सुधार हुन सक्नेछैन । रास्वपाका स्वर्णिम वाग्ले अर्थमन्त्री बन्न पुगेको अवस्थामा पनि देशका केही कठिन परिस्थितिको सामना गर्नुपर्ने हुनसक्नेछ । किनकी उनको अन्तर्राष्ट्रिय गिरोहसँगको सम्बन्ध अचम्म लाग्दो रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस