नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० फागुन २६, शनिबार (२ महिना अघि)
  • ४ पटक पढिएको
नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

फागुन २६, काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । यो खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ ।

यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुने छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल ९कप्तान०, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस