गृहमन्त्री रवि लामिछाने प्रहरी प्रधान कार्यालयमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २७, आईतबार (२ महिना अघि)
  • ८ पटक पढिएको
गृहमन्त्री रवि लामिछाने प्रहरी प्रधान कार्यालयमा

फागुन २७,काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका छन् । उनले नक्साल स्थित प्रहरी प्रधान कार्यालयको निरिक्षण गरेका हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो पटक उपप्रधान एवम् गृहमन्त्री भएका उनले प्रधान कार्यालयबाट देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डिआइजीहरूलाई निर्देशन सम्बोधन गर्दैछन् ।

लामिछाने पहिलोपटक ११ पुस २०७९ मा गृहमन्त्री भएका थिए । फागुन २३ मा उनले दोस्रो पटक उपप्रधान एवं गृहमन्त्रीको शपथ लिएका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस